बंगलादेशमा एक डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय शुक्रबार पुस ९, २०७८

एजेन्सी । बंगलादेशको झालोकाथी सहर नजिकै एक डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । अन्य दर्जनौ घाइते भएका छन । घाइतेहरुको उद्धार गरि अस्पताल लगिएको अधिकारीहरुले जनाएका छन ।

राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा सवार डुंगामा आज बिहान आगलागी भएको र डुंगामा करिव ५ सय मानिस सवार रहेको जनाइएको छ । उनीहरु मध्ये अधिकांश आफ्नो गाउँ फकिँदै गरेको जनाइएको छ । डुंगाको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ । आगो लागेपछि केही यात्रुहरु ज्यान जोगाउन नदीमा हाम्फालेका थिए ।

प्रहरीले अहिलेसम्म ३६ जनाको शव निकालेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ । एक सय भन्दा बढीलाई जलेको अवस्थामा अस्पताल भर्ना गरिएको प्रहरी अधकारीहरुले जनाएका छन ।

 

 

Leave a Comment