एमसीसी निस्वार्थ सहयोग भए हामी स्वीकार्छाैं- नेपाल

मुख्य खबर शुक्रबार पुस ९, २०७८

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) निस्वार्थ सहयोग भए स्वीकार्ने अभिव्यक्ति दिएका छन् । पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्न सल्यान पुगेका अध्यक्ष नेपालले त्यहाँका पत्रकारहरुसँग उक्त कुरा बताएका हुन् ।

एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्विकार्दैनौं’।

सत्तागठबन्ध भित्र एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे छलफल भइरहँदा अध्यक्ष नेपालले एमसीसी नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययनन गर्न आवस्यक छ । यदी ठीक छ भने ठीक छ । छैन भने छैन भनेर सत्तापक्षधरले भन्न सक्नुपर्छ । सबैलाई अल्मलाइरहनु हुँदैन,’ उनले भने । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे अध्ययन नै नगरि पहिले नै पास गर्न खोजेको समेत आरोप लगाए ।

Leave a Comment