थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुग्यो

मुख्य खबर शुक्रबार पुस ९, २०७८

काठमाडौं । कोरोना भाइरस विरुद्धको थप थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकी सरकारले कोरोना खोप कोभ्याक्स सुविधान अन्तर्गत नेपाललाई उपलब्ध गराएको उक्त खोप शुक्रबार एयरवेजबाट काठमाडौं आइपुगेको हो ।

१२ वर्षदेखि १७ वर्ष मूनीका विद्यार्थी बालबालिका लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।

५७ जिल्लामा भने यस अघि नै १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप दिन सुरु गरेको छ।

 

Leave a Comment