एमसीसी पास भए देशको सम्मान र सुरक्षा हुन्छ: डा.भट्टराई

मुख्य खबर बुधबार पुस ७, २०७८

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पास हुनु पर्नेमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

डा. भट्टराईले बुधबार ट्विट गर्दै एमसीसी बारे २०औं शताब्दीको शितयुद्धकालीन जमेको दिमागले हैन २१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोच्न आग्रह गरेका छन् ।

देश कंगाल पारेर र छोराछोरी विदेश लखेटेर हैन छिटो देश समृद्ध पारेर र युवाहरू देशमै राखेर आफ्नो र देशको सम्मान र सुरक्षा हुन्छ भन्ने बुझौं ! हल्ला हैन तथ्यमा लागौं भन्दै ट्विटमा उल्लेख गरेका छन्।

एमसीसीबारे तथ्य परियोजना कार्यान्वयन सम्झौता भएको उल्लेख गरेका छन् । उनले शान्तिरसुरक्षा र सीमा सम्झौता नभएको बताएका छन् । उनले अनुदान रकम भएको उल्लेख गर्दै यो ऋण हैन,तिर्न पर्दैन भनेका छन् । नेपालको कानूनभन्दा माथि यो हुन्न । कुनै विवाद भए अन्तर्राष्ट्रिय कानून अनुसार हुन्छ । विदेशी सेना आउन्न :चित्त नबुझे ३०दिनको सूचना दिएर यो खारेज हुन्छ भन्दै एमसीसी पास हुनु पर्ने धारणा प्रष्ट पारेका छन् ।

Leave a Comment