विश्वका ९० देशमा ’ओमिक्रोन’ फेला

मुख्य खबर मङ्लबार पुस ६, २०७८

काठमाडों । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वलाई आउँदो वर्ष २०२२ भित्रमा कोरोनाको महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ । कोरोना भाइरसको नयाँ स्वरूप ’ओमिक्रोन’ अहिलेसम्म ९० भन्दा बढी देशमा फेला परिसकेको बताउँदै २०२२ लाई यो हटाउन पहल गर्नुपनेमा जोड दिएको छ ।

नयाँ भेरियन्ट डेल्टा भेरियन्टभन्दा बढी गम्भीर नभएपनि बढी सङ्क्रामक र प्रतिरोधात्मक रहेको डब्लुएचओले जनाएको छ । डब्ल्यूएचओले आउँदो वर्षमा महामारीको अन्त्य गर्ने हो भने अहिले नै खोपको असमानता अन्त्य हुनुपर्नेमा जोड दिएको छ ।

Leave a Comment