बाँदरझुलाका भूमिहिन सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति

मुख्य खबर मङ्लबार पुस ६, २०७८

काठमाडौं । बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति सहमति भएको छ । चितवनको माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलाका नागरिकले जग्गा प्राप्तिको माग राखेर आन्दोलन गर्दै आएका छन् । आज बाँदरझुला सङ्घर्ष समिति र राष्ट्रिय भूमि आयोगबीच तीन बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।

भूमि आयोगले बाँदरझुलामा फागुन मसान्तसम्म लगत सङ्कलन र जग्गा जाँचको सूचना प्रकाशित गर्ने र लगत सङ्कलनको निवेदन दिएकै दिन जग्गा जाँचको निस्सा वितरण गर्ने, बाँदरझुलामा विद्युतीकरणको काम छिटो अघि बढाउने सहमति भएको छ ।

यस्तै विद्युतीकरणका लागि बजेटसमेत विनियोजन भइसकेको अवस्थामा निर्माण कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाउन विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा सहयोगका लागि अनुरोध गर्ने सहमति भएको छ ।

Leave a Comment