चार महिनामा ८७ करोडको ज्यूँदो पशुपंक्षी नेपाल आयात

आर्थिक सोमवार पुस ५, २०७८

काठमाडाै‌ । भन्सार विभागको पछिल्लो तथ्याङ्कले चार महिनामा ८७ करोडको ज्यूँदो पशुपंक्षी नेपाल आयात भएको जनाएको छ । यहि अवधिमा निर्यात भने जम्मा ६ हजार रुपैयाँको भएको छ । पछिल्लो चार महिनामा ज्युँदो पशुपक्षी र जनावर मात्र ८७ करोड ५२ लाख ३३ हजार बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

निर्यात भने जम्मा ६ हजारको मात्र छ । माछा तथा सामुद्रिक खाना खरिदमा २९ करोड ५७ लाख ४ हजार बढी रकम बाहिरिएको छ भने जम्मा ९८ लाख ५२ हजार बराबरको निर्यात गरेको छ । यसैगरी दूध तथा दुग्धजन्य पदार्थ तथा अण्डामा ६६ करोड ४५ लाख हजार बराबरको रकम बाहिरिँदा २ करोड ५० लाखको निर्यात भएको छ ।

रुख तथा पुष्पजन्य पदार्थमा ९७ करोड ३५ लाख रुपैयाँको आयात गर्दा २६ लाख ९३ हजार बराबरको निर्यात भएको छ । १६ अर्ब बढी रकम बराबरको तरकारी आयात गर्दा ३८ करोड रकम बराबरको मात्र निर्यात गरिएको विभागको तथ्यांकले जनाएको छ । यसैगरी फलफूल तथा ड्राइफूडमा ९ अर्ब ४३ करोड बराबरको आयात हँुदा १२ लाख ९७ हजारको निर्यात भएको छ ।

Leave a Comment