चिलीको राष्ट्रपतिमा पूर्व विद्यार्थी नेता ३५ वर्षका ग्याब्रियल बोरिक विजयी

अन्तर्राष्ट्रिय सोमवार पुस ५, २०७८

काठमाडौं । चिलीको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार पूर्व विद्यार्थी नेता ३५ वर्षका ग्याब्रियल बोरिक विजयी हुनुभएको छ । उहाँले दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई हराएका हुन । बोरिकले ५६ प्रतिशत र कास्टले ४४ प्रतिशत मत प्राप्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दुवै उम्मेदवारले विभिन्न योजना सहित चुनावी प्रचारप्रसार गरेका थिए । दुवै जना उम्मेदवार अहिलेसम्म सरकारमा सहभागी नभएका राजनीतिक दलका रहेका छन । सन् २०१९ र २०२० मा चिलीमा असमानता र भ्रष्टाचारको विरोध गर्दै भएको आन्दोलनमा बोरिकको महत्त्वपूर्ण भूमिका रहेको थियो । बोरिकले मुलुकको आर्थिक अवस्था सुधार्ने र स्वास्थ्य सेवामा सुधार ल्याउने वाचा गरेका छन । हरित लगानी उनको चुनावी प्रचारको महत्ववपूर्ण मुद्दा रहेको छ ।

Leave a Comment