काठमाडौं । नेपाली कांग्रेसका खुला तर्फका केन्द्रीय सदस्यहरुको मतगणना सम्पन्न भएको छ । केहीबेरअघि केन्द्रीय सदस्यको मत गणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरी नतिजा समेत सार्वजनिक गरिसकेको छ ।
खुलातर्फ केन्द्रीय सदस्य ३५ जना निर्वाचित हुने व्यवस्था छ । तर, ९९ जनाले उम्मेदवारी दिएका थिए । अब ९९ जना उम्मेदवारमध्ये सबैभन्दा धेरे मत प्राप्त गर्ने ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार केहीबेरमा खुलातर्फका ३५ जनाले प्राप्त मत सार्वजनिक गरिँदैछ ।