नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

समाज आइतवार पुस ४, २०७८

काठमाडौं । नेपालका पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितका कारण मृत्यु हुनको संख्या ११ हजार ५७३ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८३१ जनाको पीसीआर परिक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा २८९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ जना रहेका छन् ।

Leave a Comment