प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक सुरु

मुख्य खबर आइतवार पुस ४, २०७८

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक सुरु भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहभागीता रहेको छ ।

सत्तागठबन्धको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो । सत्ता गठबन्धको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी भएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Leave a Comment