भारतकाे केरला राज्यमा १२ घण्टाकाे अवधीमा दुई नेताकाे हत्या

अन्तर्राष्ट्रिय आइतवार पुस ४, २०७८

तिरुवनन्तपुरम:  भारतकाे  केरला राज्यकाेअलाप्पुझा जिल्लामा विपक्षी भाजपा र भारतीय सामाजिक लोकतान्त्रिक पार्टी (SDPI) का दुई नेताको हत्या भएको छ ।  १२ घण्टाकाे अवधीमा भएकाे उक्त हत्याले जिल्लामा तनाव उत्पन्न गरेको छ।

घटना लगत्तै त्यहाँकाे प्रहरीले  धारा १४४ लगाएर ठूलो जमघटमा रोक लगाएको छ । राज्यका मुख्यमन्त्री पिनाराई विजयनले यी हत्याको निन्दा गर्दै कडा कारबाही गर्ने आश्वासन दिएका छन्।

भारतीय सामाजिक लोकतान्त्रिक पार्टीका राज्य सचिव केएस शानको गत साँझ घर जाँदै गर्दा हत्या भएको थियो। दुई पाङ्ग्रे सवारी साधनमा सवार शानलाई कारमा आएका एक समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणपछि उनको कोच्चिको एक अस्पतालमा उपचारकाे क्रममा मध्यरातमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एसडीपीआईले भाजपाका विचारधारा गुरु राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का कार्यकर्तामाथि आक्रमणको योजना बनाएको आरोप लगाएको छ।

हत्या भएको १२ घण्टा नबित्दै केरला बीजेपीको ओबीसी इकाई सचिव रञ्जित श्रीनिवासनको घरमा केही अपरिचित व्यक्तिहरूले घुसेर उनको हत्या गरेका थिए। प्रहरीले दुवै घटनाको अनुसन्धान गरिरहेको छ । भाजपा र एसडीपीआईले यस हत्याको आरोप एकअर्कालाई लगाएका छन्। भाजपाले रञ्जितलाई चक्कु प्रहार गरेको आरोप लगाएको छ ।

भारतीय समाचार माध्यमका अनुसार घटनापछि त्यहाँ   मुख्यमन्त्री पिनाराई विजयनले पत्रकार सम्मेलनमा भने, “यस्ता जघन्य र अमानवीय हिंसाका कार्यहरू राज्यका लागि खतरनाक छन्। म विश्वस्त छु कि सबै जनताले त्यस्ता हत्यारा समूह र तिनीहरूको नापाक मनोवृत्तिको पहिचान गरी तिनीहरूविरुद्ध लड्नेछन्।” समाचार एजेन्सी एएनआईले रिपोर्ट गरेको छ। आइसोलेसन गर्न तयार हुनेछु।

भाजपाका राष्ट्रिय महासचिव सीटी रविले सीपीएम नेतृत्वको केरला सरकारलाई “इश्वरको भूमिलाई जिहादीहरूको लागि स्वर्गमा परिणत गरेको” आरोप लगाए। केन्द्रीय मन्त्री वी मुरलीधरनले पनि यी आक्रमणको निन्दा गरेका छन् । उनले मुख्यमन्त्री पिनाराई विजयनलाई ट्याग गर्दै ट्वीट गरे: केरलामा “गुंडाराज” (अराजकता) ले अर्को बहुमूल्य जीवन लियो। CPIM शासित राज्य “हत्याको मैदान” मा परिणत हुँदैछ। कानून र व्यवस्था छैन। नागरिकको सुरक्षा छैन । हत्याराहरु  फरार छन् । याे  लाजमर्दो र निन्दनीय घटना हाे।”

Leave a Comment