काठमाडौं । नेकपा एमालेले सर्वदलिय बैठकमा सहभागी नहुने बताएको छ । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पास गर्ने गरि सरकारले आव्हान गरेको सर्वदलिय बैठकमा नेकपा एमालेले सहभागीता नजनाउने प्रष्ट पारेको छ ।
आइतबार अपराह्न ४ बजे बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भने , सर्वदलीय बैठकमा को-को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ । हामीले मान्यता नदिएका दलहरु सहितको बैठकमा हामी उपस्थित हुँदैनौं उनले भने ।
संसद् अवरोध र एमसीसीबारे सरकारको नेतृत्व गरिरहेको दल कांग्रेससँग छलफल हुनसक्ने पोखरेलले बताए । उनले भने, ुसंसद्को अवरोध र एमसीसीबारे कांग्रेससँग छलफल हुन सक्छ तर हामीले मान्यता नदिएका दलसँग छलफल हुन्न ।