काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले कानून संकाय अन्तर्गत पढाई हुने पाँच वर्षे कोर्ष विएलएलबीको सिट क्षमता बढाउन माग गरेको छ । अनेरास्ववियू ल क्याम्पस कमिटीले पछिल्लो समय कानून संकाय अन्तर्गत बिएएलबी लगायतका क्षेत्रमा विद्यार्थीको चाप बढ्दै गइरहेकाले साविकको सिट क्षमता बढाउनु पर्ने माग गरेको हो ।
अनेरास्ववियू ल क्याम्पस कमिटीका अध्यक्ष हरि पंगिनीको नेतृत्वको टोलीले कानुन विषयमा विद्यार्थीको बढ्दो चापलाइ मध्यनजर गर्दै विद्यार्थीको माग बमोजिम ५ वर्षे बिएएलएलबी कार्यक्रम तर्फ साविकको सिट संख्या १०५ जना बाट थप गरि २१० जना बनाउने क्याम्पस प्रशासन र डिनको कार्यालयको ध्यानाकर्षण गराएको हो ।
साथै उक्त विषयमा गम्भीर रुपमा लिदैं त्रिभुवन विश्वविद्यालयको नियमित कार्यक्रममा समावेश गर्न समेत जोडदार माग सहितको ज्ञापन पत्र बुझाइएको अध्यक्ष पंगीनिले जानकारी दिए । उक्त ज्ञापनपत्र बुझ्दै विद्यार्थीको माग प्रति डिन कार्यलय र नेपाल क्याम्पस प्रशासनले सकारात्मक रुपमा आत्मसाथ गरि कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।







