सहमहामन्त्री तर्फकाे सबै मत परिणाम आजै आउने

मुख्य खबर शुक्रबार पुस २, २०७८

काठमाडौँ । कांग्रेस सहमहामन्त्रीतर्फ क्लस्टरको मतगणना सुरु भएको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ५ वटै क्लस्टरको मत परिणाम आजै आउने बताएका हुन् ।

मुस्लिम, मधेशी र खस आर्य सहमहामन्त्रीको मत गणना केहीबेर अघिबाट कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपमा सुरु भएको छ ।

थारु र पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मत गणना भने बाँकी रहेको छ ।

Leave a Comment