दलित, महिला र आदिवासी जनजाति कोटाका सहमहामन्त्रीको मतगणना सुरु

मुख्य खबर बिहिबार पुस १, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केहीबेर अघि तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । कांग्रेसका सभापति, उपसभापति र महाममन्त्रीको मतगणना सम्पन्न भएसँगै तीन वटा कोटाका महामन्त्रीको मतगणना सुरु भएको थरिएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सहमहामन्त्री उम्मेदवारका ८ वटा क्लस्टरमध्ये आज दलित, महिला र आदिवासी जनजातिको मतगणना सुरु भएको हो ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ वटा सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

 

Leave a Comment