विवेकको प्रयोग गर्नुस्, दोस्रो चरणमा निर्वाचित हुनेमा ढुक्क छु- कोइराला

मुख्य खबर मङ्लबार मंसिर २८, २०७८

काठमाडौँ । नेपाली कांग्रेसका सभापति उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू निर्वाचित हुने बताएका छन् । मंगलबार पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरे ।

 

कोइरालाले विवेक प्रयोग गरि मतदान गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । उनले परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने बताए । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।

 

पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

Leave a Comment