एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीको दमन ​

मुख्य खबर मङ्लबार मंसिर २८, २०७८

काठमाडौं । अमेरिकाकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विरुद्ध आज स्वतन्त्र युवाहरुको समूहले सडक प्रदर्शन गरेको छ ।

सरकारले हिउँदे अधिवेशन माफरुृत एमसीसी विरोधका बाबजुद पनि पास गर्न खोजेको भन्दै त्यसका विरुद्ध स्वतन्त्र युवाहरुको जमात सडकमा उत्रेको थियो ।

स्वतन्त्र युवा हेमराज थापाको अगुवाईमा भएको विरोध प्रदर्शनमा सरकार विरुद्ध चर्का नारा जुलुस लगाइएको थियो । प्रदर्शनकारीहरुले प्रहरीको घेरा तोड्दै संसद भवन छिर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको बल प्रयोगमा परि केही युवाहरु घाइते भएका छन् ।

Leave a Comment