काठमाडाै। नेपाली कांग्रेसको १४ औं महाधिवशेनमा मत परिणाम दोस्रो चरणमा जाने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण नेता प्रकाशमान सिंहलाई फकाउन चाक्सिबारी पुगेका छन् ।
शेरबहादुर देउवाको पक्षमा प्रकाशमानलाई फकाउन चाक्सीबारीस्थित सिंह निवासमा पुगेका हुन् ।
पहिलो चरणको चुनावमा सिंहले तेस्रो स्थानको मत हासिल गरेका छन् । सिंहले सघाउँदा दोस्रो चरणमा देउवाले जित्ने निश्चित देखेपछि खाण सिंहलाई भेट्न पुगेका हुन् ।