कांग्रेस महाधिवेशन ५५ भोट बदर

मुख्य खबर मङ्लबार मंसिर २८, २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत निर्वाचनको मतगणनामा ५० प्रतिशत मत गणना हुँदा ५५ मत वदर भएको छ। निर्वाचन समितिका अनुसार बिहान ७ बजेसम्म भएको मतगणनामा ५५ मत वदर भएको हो।

नेकपा एमाले र राप्रपाले प्रविधि मार्फत मतदान गरे पनि कांग्रेसले भने त्यसमा विश्वास नगरि रातभर लाइनमा लागेर मतदान गरेका थिए । अहिलेसम्मको मतपरिणाम अनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्।

 

डा. शेखर कोइरालाले दोस्रो, प्रकाशमान सिंह तेस्रो मत प्राप्त गरिरहेका छन् । पछिल्लो समयमा देउवाले मतान्तर बढाएका छन्।

Leave a Comment