कोरोना बिमा भुक्तानीमा देखिएको समस्या समाधानका लागि गृहकार्य भइरहेको छ-शर्मा

मुख्य खबर सोमवार मंसिर २७, २०७८

काठमाडाै‌ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बिमा भुक्तानीमा देखिएको समस्या समाधानका लागि गृहकार्य भइरहेको बताएका छन । बिमा समितिले आयोजना गरेको एक कार्यक्रमको सम्बोधन गर्दै मन्त्री शर्माले कोरोना बिमा गरेका करिब एक लाख व्यक्तिले बिमा दावी गरे पनि भुक्तानी पाउन नसकेको भन्दै चाँडै त्यसको समाधान गर्ने गरि गृहकार्य भइरहेको बताए ।

अर्थमन्त्री शर्माले बिमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको बताएका छन। बिमा समितिको कामकारबाहीलाई चुस्त र सेवाग्राही बनाउन कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा उहाको जोड छ ।

Leave a Comment