काठमाडाै । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । चौथो चरणको खेल चलिरहँदा आज एन्फाले पाँचदेखि नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार पाँचौं चरणका खेलहरु पुस २ देखि ५ गतेसम्म हुनेछ । यता, छैटौं चरणका खेलहरु भ्ने पुस ९ देखि १२ गतेसम्म चल्नेछ । यस्तै सातौं चरणका खेलहरु पुस १६ देखि १९ गतेसम्म हुनेछ भने आठौं चरणका खेलहरु पुस २३ देखि २६ गतेसम्म हुने एन्फाले जनाएको छ ।
नवौं चरणका खेलहरु पुस ३० देखि माघ ३ गतेसम्म हुनेछ । मनाङ मर्स्याङदी क्लबले पाँचौं, साताौं र आठौं चरणका खेलहरु पोखरा रंगशालामा खेल्नेछ भने बाकि खेलहरु दशरथ रंगशालामा हुने छन् ।