एजेन्सी । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले रामाफोसालाई कोभिड पुष्टि भएको र उहाको उपचार भइरहेको जनाएको छ ।
रामाफोसाले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाएका जनाइएको छ । उहालाई नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन ।
ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका यात्राको यात्राको लागी प्रतिबन्ध लगाएका छन ।