एमालेमा ओलीको गुटबन्दीले छलांग मारेको देखियो: रावल

मुख्य खबर सोमवार मंसिर २७, २०७८

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीले छलांग मारेको भन्ने आरोप लगाएका छन् । एमालेको दशौं महाधिवेशनमा ओलीसँग पराजित भएका रावलले ओलीको कार्यशैलीको विरोध गरेका हुन् ।

सोमबार ट्विट गर्दै नेता रावलले भनेका छन, एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।

 

Leave a Comment