देउवा जी तपाईलाई सभापतिबाट हटाउने हो, प्रधानमन्त्रीबाट होइन: कोइराला

मुख्य खबर आइतवार मंसिर २६, २०७८

काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेद्वार डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउनलाई नभएको प्रष्ट पारेका छन ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत मतदानको पूर्वसन्ध्यामा जनसम्पर्क समितिहरूको भेलालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धनको सरकारलाई सघाउने धारणा व्यक्त गरे

‘शेरबहादुरजी तपाईंको सरकार ढल्दैन चिन्ता नगर्नुस्’, कोइरालाले भने, ‘सभापतिमा हराउने हो तर प्रधानमन्त्रीबाट हटाउने होइन ।’

आज काठमाडौंमा एक कार्यक्रममा सभापतिका प्रमुख प्रत्यासी एवं प्रधानमन्त्री देउवाले कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक-फरक हुनु नहुने तर्क पेस गरेका छन् ।

 

Leave a Comment