बागमती सरसफाई महाअभियानका अभियान्ता चन्दले गरे मुम्बईमा सफाई अभियान

मुख्य खबर आइतवार मंसिर २६, २०७८

काठमाडौं । सामाजिक अभियन्ता चक्र बहादुर चन्द यतिखेर बहुचर्चित नेपाली चलचित्र प्रेमगीत ३ को प्राबिधिक कामका लागी केही हप्तादेखी भारतको मुम्बईमा छन । उनै चन्दले मुम्बई बसाईको समयलाई सदुपयोग गर्दै सागरतट सफाई अभियानमा आफ्नो सक्रियता समेत बढ़ाएका छन ।

उनले तेस्राे चरणको अभियान मुम्बईको वरसवा बीचको सागरतटको सफ़ाई अभियान गरी सम्पन्न गरेका छन । उनको यो अभियानलाई यूवा ब्यबसायी तथा समाजदेवी मधु आर्याल तथा वलीउड कलाकार तारा शर्माले साथ दिएका थिए ।

मुम्बई महानगरपालिकाको फोहोर संकलन साधन तथा आफ्नो सफाई टीमले समेत साथ दिएको थियो । समुन्द्र तटमा दैनिक आऊने फोहरजन्य पदार्थलाई महानगरपालिकाले नियमित संकलन गर्दै आएको छ । समुँद्र तटमा दिनहु प्लास्टिकजन्य पदार्थ जम्मा हुने गरेको विषयले पृथ्वीमा वातावरणिय प्रभाब कती डर लाग्दो छ भन्ने प्रमणित गर्दछ यो ठुलो चिन्ताको विषय रहेको चन्दले बताए ।

उनी वाग्मती सफाई महाअभियानका अभियन्ता समेत हुन । उनले देशव्यापी मेचिमहाकाली सफाई अभियानको माध्यमबाट सफाई अभियानमा योगदान दिदै आइरहेका छन । आफू जहांगएपनी सफाई अभियानलाई तीव्रता दिने गरेका छन ।

प्रेमगीत ३ को टीम हिन्दी भाषाको प्राविधिक कामको अन्तिम रूप दिन निर्देशक निर्माता संतोष सेन अभिनेता प्रदीप खड़का तथा कार्यकारी निर्माता एव समाजसेवी चक्रबहादुर चन्द यतिखेर बलिउड नगरी मुम्बईमा रहेका छन । टीम प्रेमगीत ३ चलचित्रलाई बिगत एकवर्ष देखी हिन्दी भाषामा तयार गर्ने क्रममा मुम्बईमा रहेका छन । हुनहुन्छ । प्रेमगीत ३ लाई हिन्दी भाषामा तयार गर्न बलिउड़का दिग्गज प्राविधिकले काम गरिरहेका छन भने चलचित्रलाई आम नागरिकले बहुप्रतिक्षित रूपमा हेरेका छन ।

Leave a Comment