ओलीले केन्द्रीय सदस्यका लागि गरेकाे मनोनय प्रस्तावमा पदाधिकारीहरुको असहमती

मुख्य खबर आइतवार मंसिर २६, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुमा मनोनयनका लागि नाम प्रस्ताव गरेसँगै विरोध सुरु भएको छ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि केही नाम प्रस्ताव गरेसँगै पदाधिकारीहरुले असहमती व्यक्त गरेका छन् ।

ओलीले केन्द्रीय सदस्यका लागि झापाका दुर्गा पर्साइ देखि विद्यार्थी नेता ऐन महरको नाम प्रस्ताव गरेका थिए । प्रस्तावमा परेका नेताहरूमध्ये दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, लालबाबु पण्डित, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, विषमलाल दनुवार, सुवास देवकोटा, बालसिंह काउछा, चन्द्र विक, इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चपाईं, नैनकला ओझा, मञ्जु गुरुङ, गीता कार्की, सुनिता यादवसहितलाई केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्ताव गरेका थिए । आइतबारको बैठकमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायत नेताहरूले प्रस्तावित केही नामलाई लिएर आपत्ति जनाएका हुन् ।

अष्टलक्ष्मी शाक्यले भने अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताएकी छन् । यसअघि नै छलफल र सल्लाह नभएको भन्दै उनले आपत्ति जनाएकी थिइन् ।अध्यक्षले सल्लाह गर्नु भए सजिलो हुन्थ्यो । छलफल भएन । मूल्यांकनको परिपाटी हिजो थियो नि शाक्यको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले बताए ।

यस्तै उपाध्यक्ष युवराज ज्ञवालीले पनि ओलीको प्रस्तावमा आपत्ति जनाएका छन् । उनले भने, ुएउटा मापदण्ड बनाएर निर्णय गरिएन भने चित्त बुझाउने ठाउँ दिइएन भने समस्या सिर्जना गर्छ ।

 

Leave a Comment