काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको थप १९ लाख ६५ हजार ८ सय डोज मोर्डनाको खोप आज नेपाल आईपुगेको छ । स्वास्थ्य सेवा विभागले आज मोर्डनाको थप खोप प्राप्त जनाएको हो ।
कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले हालसम्म ३६ लाख ५१ हजार ६ सय डोज मोर्डनाको खोप प्राप्त गरेको छ । १२ देखि १८ बर्ष उमेर समूह सम्मका व्यक्तिमा लगाउन सकिने मोर्डनाको खोप पुस ४ गते देखि ५७ जिल्लामा लगाउने जनाईएको छ ।
यसअघि सञ्चालनमा आएको फाइजरको खोप लगाएको २० जिल्ला बाहेकका जिल्लामा खोप लगाउन सुरु गरिने विभागले जनाएको छ । १२ देखि १८ बर्ष सम्मका करिब १८ लाख किशोर किशोरीहरुमा यो खोप लगाउने जनाईएको छ ।