देउवा गुटका बलिया खम्बा विश्वप्रकाश प्रकाशमानको गुटबाट महामन्त्रीको उम्मेद्वार

मुख्य खबर शनिबार मंसिर २५, २०७८

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई शेर बहादुर देउवा र शेखर कोइरालाको गुटमा नआटएपछि अनन्त प्रकाशमान सिंहको गुटबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता गर्ने भएका छन् । लामो समय देखि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले महामन्त्रीमा वेवास्था गरेपछि उनी शेखर कहाँ पुगेका थिए ।

तर शेखर पक्षका नेता डा. मिलेन्द्र रिजालले कुनै पनि हालतमा महामन्त्रीबाट पछि नसर्ने बताएपछि उनी प्रकाशमान सिंहको समूहबाट उम्मेद्वारी दर्ता गर्न पुगेका हुन् । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत चुनावका लागि प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

Leave a Comment