मैले १४ औं महाधिवेशनको नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेको छु: पौडेल

मुख्य खबर शनिबार मंसिर २५, २०७८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा नेतृत्वको लागि प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । सभापतिका आकाक्षीका रुपमा देखिएका पौडेलले निर्वाचनमा हार हुने सम्भावना देखेपछि नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी मनोयन गर्ने दिनमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेलले आफू नेतृत्वबाट अलग रहने घोषणा गरे । पौडेलले महाधिवेशन केबल व्यक्तिको छनौट गर्ने थलो मात्र नभएको बताउँदै पार्टीमा एकताको सन्देश दिन आवश्यक रहेकाले पछि सर्नु परेको बताएका छन् ।

हेर्नुहाेस् विज्ञप्ति सहित

ra

Leave a Comment