काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गुटगत राजनीति हाबी भएको छ । गुटमा बलियो देखिएका प्रधानमन्त्री एव्म शेर बहादुर देउवा समूह र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा व्यापक असुन्तुसष्ट देखा परेको छ ।
जिल्ला तहमा खासगरि दुईवटा गुटहरुको हाबी देखिएपनि उनीहरुकै गुटका नेताहरु समूहमा पर्ने अवस्था नभएपछि गुट त्यागेका छन् । कांग्रेसको उम्मेद्वारी मनोनयनको दिन आज सुजाता कोइराला प्रकाशमान सिंहको टिमबाट उपसभापतिमा उम्मेद्वारी दिने बताएका छन ।
कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई सभापति शेरबहादुर देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टि बढेको छ । विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका प्रतिस्पर्धा रोचक हुनेछ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले उपसभापतिमा उठ्ने घोषणा गरेकी छिन् । शनिबार दिनभर कांग्रेसमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि सभापतिमा कल्याण गुरुङ र दलिततर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट भने सभापतिमा प्रधानमन्त्री तथा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने भएका छन् ।
त्यसैगरी विमलेन्द्र निधि शेखर कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । महामन्त्रीमा भने गगन थापा, प्रदीप पौडेल, बालकृष्ण खाँण र मीनेन्द्र रिजालले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।