काठमाडौं । नेपाली काांग्रेसका सभापति शेर बहादुर देउवााले गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार ल्याउने जिम्मा आफ्नो भएको दाबी गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले आफू निर्वाचित भए डरत्रासमुक्त शासन ल्याएरै छाड्ने बताएका हुन ।
साथीहरू तपाईँहरूलाई थाहै छ, हाम्रो देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो । डरत्रासको अवस्था थियो । जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,’ देउवाले भने, ‘त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भनेका थिए ।
कुनै पनि हालतमा नेपालमा डरत्रासबाट मुक्त शासन ल्याएरै छोडिन्छ, देउवाले भने। नेपालमा कांग्रेसको सरकार बनाइन्छ, बनाइन्छ, बनाइन्छ।