नेताहरुले पूर्ण रुपमा विश्वास गुमाए : अध्यक्ष लिङ्देन

मुख्य खबर शुक्रबार मंसिर २४, २०७८

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुले जनविश्वास गुमाएको बताए । उनले हाल गाउँमा नेता आयाो भन्दा कुन चाहिँ चोर आयो भन्दै भन्ने गरेको यथार्ततको चित्रण गरे ।

उनले राजा सहितको राजतन्त्र आवश्यक भएको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मनतव्य दिदै उनले नेता र नेतृत्व सच्चिनु पर्नेमा जाोड दिए ।

सम्वोधन गर्दै लिङदेनले भने, ‘सबै कुरालाई ठीक लगाउनुपर्ने राजनीतिले हो तर राजनीति नै ठीक ठाउँमा छैन । ‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सोझै निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद ल्याऊँ । अनि, संसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागू गरौं भन्दै शुभकामना सन्देश दिएका छन ।

Leave a Comment