काठमाडौं । पार्टी विभाजनपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्माा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल एउटै मञ्चमा देखिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसको आयाोजित १४ औं महाधिवेशनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री समेत रहेका ओली,दाहाल र नेपाल एउटै मञ्चमा देखिएका हुन । मञ्चमा प्रचण्ड र माधव नेपाल कांग्रेस सभापति देउवाको दायाँतर्फ र ओली बायाँतर्फ बसेका छन् ।गत पुस ५ मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपाको विभाजन उत्कर्षमा पुगेको थियो । संसद विघटनयता ओली र प्रचण्ड एउटै मञ्चमा देखिएका थिएनन् । यद्यपि उनीहरुबीच एकरदुई पटक टेलिफोन संवाद भने भएको छ। त्यस्तै गत असार २३ यता ओली र नेपालबीच पनि प्रत्यक्ष भेट भएको छैन। एमाले विभाजन रोक्न गत २३ असारमा ओली र नेपालबीच संवाद भएको थियो ।
तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।