नेताको त्याग, धैर्यता र नीतिका साथ अहिलेका युवाहरुले अबको कांग्रेस अगाडी बढाउनु पर्छ : बानियाँ

मुख्य खबर शुक्रबार मंसिर २४, २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेशहरुको तर्फबाट शुभकामना दिदैं बागमती प्रदेशका प्रदेश सभापति इन्द्र बानियाँले नेपाली राजनीतिमा एकताा, उत्साह र रुपान्तरणको सन्देश दिने बताए ।

उनले यस महाधिवेशनले इतिहास सम्झदै, विपीको नीति गणेशमानको हिम्मत र त्याग ,सुवर्ण शमशेरको आफ्नै परिवार भित्रको विद्रोह सहित पूर्व नेताहरुको स्मरण गरे ।

उनले वर्तमन सभापति शेर बहादर देउवाको महत्वपूर्ण योगदाान रहेको बताए । नेताको त्याग, धैर्यता र नीतिका साथ अहिलेका युवाहरुले अबको कांग्रेस अगााडी बढााउनु पर्नेमा जाोड दिए । उनले बागमती प्रदेशलाई सम्मुनत प्रदेशका रुपमा अघि बढाउने बताए । उनले भ्रम र लोभको खेती भएको भन्दै अब त्यसका विरुद्ध नेपाली कांग्रेस अघि बढ्ने बताए ।

Leave a Comment