नेपाली कांग्रेसको महाधिवेशन औपचारिक रुपमा सुरु

मुख्य खबर शुक्रबार मंसिर २४, २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन भृकटी मण्डपमा सुरु भएको छ । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशनमा विभिन्न झाँकीहरु प्रदर्शन भएका छन् । कांग्रेस महाधिवेशनमा भारत सहितका मुलुकहरुबाट विभिन्न पार्टीका प्रमुख प्रतिनिधिहरु सहभागी भएका छन ।

त्यस्तै उद्घाटन समारोहमा नेपालका विभिन्न दलका प्रमखहरु समेत सहभागी भएका छन् । लामो समयदेखि एउर्टै मञ्चमा देखा नपरेका शुक्रबार भृकुटीमण्डपमा हुने कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिने भएका छन् । साथै औपचारिक कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाले कांग्रेसका दिवंगत नेताहरुलाई माल्यापर्ण गरेका छन ।

 

रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

Leave a Comment