काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । राजधानीमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गरेका हुन । रक्षामन्त्री समेत रहनु भएका रिजालले संस्थापन इतर समूहबाट उम्मेदवारी घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा उनले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने कोशिस जारी रहेको बता्उ । उनले महाधिवेशनपछि देउवा निबर्तमान सभापति बन्ने पक्का रहेको जिकीर पनि गरे ।
कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाँडले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाँडले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेका छन भने थापाले आफ्नो कुनै समूह नरहेको जिकीर गरेका छन् ।