माओवादी केन्द्रले बढायो प्रदेश पदाधिकारीको संख्या

मुख्य खबर बिहिबार मंसिर २३, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

बैठकले प्रदेश समितिको आकार बढाएर प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय बनाएको छ ।

माओवादी केन्द्रले पार्टी प्रवेश गर्न चाहनेहरुसँग वार्ता गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको वार्ता समितिसमेत बनाएको छ ।

Leave a Comment