ओली अस्वस्थ भएपछि पत्रकारसँगको छलफल स्थगित

राजनीति बिहिबार मंसिर २३, २०७८

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई मौसमी रुघाखोकीसँगै ज्वरो आएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौंको रोयल ब्यांक्वेटमा ओलीले बिहीबार दिउँसो पत्रकारसँग छलफल गर्ने भनिएपनि अन्तिम अवस्थामा स्थगित गरिएको छ । अस्वस्थ भएपछि ओली बालकोटस्थीत घरमै आराम गरिरहेका छन ।

एमाले महाधिवेशनपछि धपेडीमा परेकाले अध्यक्ष ओली बिरामी परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

Leave a Comment