सभापतिको दौडबाट पछि हट्दिन: नेता सिंह

मुख्य खबर बिहिबार मंसिर २३, २०७८

काठमाडौं । नेपाली काङग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ । महाधिवेसन सुरु हुन केहि घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसेको वरिष्ठ नेता रामचन्द्र पौडलललाई सिंहको यो अभिब्यक्ति पछि थप संकट निम्तिएको छ ।

पार्टी भित्रको शक्ति राजनीतिका कारण नेपाली काङ्ग्रेसले जनताले सोचे अनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई बिधि बिधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडी बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताउनु भएको हो ।

काठमाण्डौको बानेश्वरमा आज सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई बिधिसंबद नियम संबद र संस्थागत रुपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले नेपाली काङग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताउनु भयो ।

कार्यक्रममा सिंहले नेपाली काङग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुख समेत ब्यक्त गर्नु भएको छ

Leave a Comment