भारतीय सेना प्रमुख रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

अन्तर्राष्ट्रिय बुधबार मंसिर २२, २०७८

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । बुधबार तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।

 

भारतीय सेनाले भने अहिलेसम्म दुर्घटनाका बारेमा औपचारिक जानकारी दिएको छैन । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।  एमआई सिरिजको उक्त हेलिकोप्टरमा रावतसहित १४ जना सवार रहेकाे जनाइएकाे छ ।

Leave a Comment