काठमाडौं । प्रमुख प्रतपिक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पौडेल सहित चार जना नेताहरुको बैठक जारी छ ।
कांग्रेसको आशन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेल सहित, सभापतिका आकांक्षीहरु महामन्त्री डा. शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला सहभागी छन्। चार जना मध्ये एक जना साझा उम्मेद्वार बनाउने गरि छलफल भइरहेको पौडेल निकट स्रोतले जनाएको छ ।