काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले आफू पून पार्टीको सभापति बन्ने इच्छा जाहेर गरेका छन् । सोमबार बालुवाटारमा पत्रकारसँग कुरा गर्दे सभापति देउवाले पार्टीको विधान बमोजिम फेरी एक पटक सभापति बन्ने इच्छा जाहेर गरेका हुन् ।
आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको पनि बताउँदै उनले भने, म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। म फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु। त्यसैले मैले पार्टीका साथीहरूलाई पनि आग्रह गरेको छु। तपाईंहरूमार्फत सबैलाई आग्रह गर्न चाहन्छु। एकपटक मलाई सहयोग गरिदिनुस् ।
साथै देउवाले जनतालाई दुख दिएर शक्ति प्रर्दशन नगर्ने बताए । आशन्न कांग्रेसको १४ औं महाधिवेशनलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्ने समेत दाबी गरे ।