दबाबमा ए पी एफ

खेलकूद सोमवार मंसिर २०, २०७८

प्रयुस महर्जन
काठमाडौं । अघिल्लो वर्ष रेलिगेसनबाट २ स्थान माथि बसेर लिग समाप्त गरेको एपीएफ यसपटक भने जारी लिगको अन्तिममा छ । तीन खेलमा कुनै पनि अंक जोड्न नसकेकाे एपीएफ यस वर्षको सहिद स्मारक ए डिभिजन लिगको पुछारबाट संघर्स गर्दै छ ।

एपीएफ यस वर्ष रेलिगेसनमा पर्ने आशंका पनि गरिएको छ । एपीएफलाइ यस वर्ष मात्र बि डिभिजन बाट बढुवा भएको सातदोबाटोले ४-१ को गाेल अन्तरले हराएको थियो । एपीएफको टिम यसपटक भने तेति बलियो देखिएको छैन। अघिल्लो वर्षका सर्बाधिक गोलकर्ता आशिष लामा पनि जारी लिगमा फितलो देखिएका छन् ।

एपीएफले लिगमा टिकिरहन निकै नै मेहेनत र परिवर्तन गर्नु पर्ने देखिएको छ । खेलाडी परिवर्तनका साथ साथै टिमको अग्र पन्ति खेलाडीहरुले धेरै नै मेहेनत  गर्नु पर्ने देखिन्छ

Leave a Comment