लैङ्गिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुबैको बराबर सक्रियता आवश्यक:राष्ट्रपति भण्डारी

मुख्य खबर आइतवार मंसिर १९, २०७८

काठमाडाै । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।

आज सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा राष्ट्रपति भण्डारीले लैङ्गिक हिंसा उन्मुलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गर्न जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना विस्तार हुँदै जाँदा, महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैङ्गिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताउनुभयो ।

Leave a Comment