काठमाडौ । नेपाल एफ नेटवर्क र एभिन्यूज टेलिभिजनले सञ्चार क्षेत्रमा नयषँ सहकार्यको सुरुवात गरेका छन् । रेन्बो एफ एमद्वारा सञ्चालित नेपाल एफ नेटवर्कको स्थापना दिवसको अवसरमा सर्वश्रेष्ठ लोकप्रिय टेलिभिजन एभिन्यूज र नेपाल एफएम नेटवर्ककबीच शनिबारबाट सञ्चार सहकार्य सुरुवात भएको छ ।
दुई सञ्चार सस्थाबीच अस्वस्थ प्रतिस्पर्धात्मक अवस्थाको अन्त्य गर्न र सञ्चार क्षेत्रमा नयाँ सन्देश दिन सहकार्यको सुरुवात भएको दुवै सस्थाका अध्यक्षले बताएका छन् । नेपाल एफएम नेटवर्कका अध्यक्ष शीवप्रसाद घिमिरेले विद्युतीय माध्यमका दुई अलग सञ्चार सस्था एउटै सहकार्यमा जोडिनु नयाँ सन्देशमात्रै होइन नयाँ इतिहाँस पनि भएको दावी गरे ।
‘मिडियाको इतिहासमा पहिलो पटक अलग अलग मिडिया हावसबीच सहकार्य सुरु भएको छ’ उनले भने,‘ यसले नेपालको सञ्चार क्षेत्रका लागि नयाँ सन्देश प्रवाह गर्नेछ र नागरिकको मुद्दालाई शसक्त तरिकाले उठाउन बल पुग्नेछ । ’
एभिन्यूज टेलिभिजनका अध्यक्ष एवं मिडयिा एलायन्सका अध्यक्ष भाष्करराज कर्णिकारले सिंगो मिडियाले गर्न नसेको सहकार्य दुई सस्थाले गरेर नयाँ सन्देश दिएको बताए । उनले खबर प्रशारणमा फरक पहिचान बनाएका दुई सस्थाको सहकार्यले सिंगो खबरप्रवाहलाई नै बलियो बनाउने बताए । दुई सस्थाबीच समाचार सामग्री, कार्यक्रम र नागरिकका मुद्दामा योजनावद्ध ढंगले सहकार्य गर्नेगरि दुईपक्षिय सम्झौतामा हस्ताक्षर पनि भएको छ । सहकार्य सम्झौतापत्रका नेपाल एफएमका तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र एभीन्युज टेलिभिजनका तर्फबाट भाष्करराज कर्णीकारले हस्ताक्षर गर्नुभएको थियो । सम्झौताको कार्यान्वयनका लागि नयाँ सन्देश दिनेगरि काम गर्ने नेपाल एफएमका कार्यकारी निर्देशक गोविन्द खड्काले जानकारी दिए । कार्यक्रममा नेपाल एफएमको बार्षिक उत्सवको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको सन्देश समेत सुनाइएको थियो ।
सहकार्य किन ?
भास्करराज कर्णीकार :अध्यक्ष एभिन्यूज
एभिन्यूज टेलिभिजनका अध्यक्ष भास्कर राज कर्णीकारले नेपालको राजनीति घटनाक्रम र सम्बाहको रुपमा रहेको नेपाल एफ नेटवर्कको स्थापना दिवसकाे शुभकामना व्यक्त गरे । नेपालमा रेडियोको प्रादभूभाव विराटनगरबाट भएको र पछि रेडियो नेपालको रुमपा स्थापीत भएको बताए । सरकारले आफ्नो नीतिमा परिवर्तन गरेपछि रेडियोले स्वायत्वता प्राप्त गर्दै व्यवसायीक र सामूदायिक रेडियोको रुपमा अघि बढेको बताए । रेडियोले प्रत्येक कालखण्डमा फरक फरक शैलीमा अघि बढेको बताए । उनले ०६१/0 ६२ सालको आन्दोलनलाई नेपाल एफएम सम्बाहको रुपमा अघि बढ्दै व्यवसायिक रुपमा अघि बढेकोमा खुसी व्यक्त गरे। नेपाल एफ जनआन्दोलनाको आवाज बनेको परिवेशका राजनीतिक राजनीतिक गन्ध र राजनीतिक धार सञ्चारमा देखिन नहुनेमा जाेड दिए।
उनले रेडियोमा बोल्ने कुरा सच्याउनु पर्ने बताए । उनले नेपाल एफ नेटवर्कको गति धेरै भएकाले त्यसलाई सच्याउनु पर्ने बताए । शब्दको , भाषाको छनौटमा ध्यान दिनु पर्ने बताउँदै उनले नेपाली भाषाहरु लोप हुँदै गएको र आयातित भाषाहरुले मिडियामा बढ्दै गएकाे प्रति चिन्ता व्यक्त गरे । सातवटै प्रदेशमा नेपाल एफ नेटवर्कको आवद्धताका लागि समाचार सामग्री, प्राविधिक गुणस्तरमा ध्यान दिनु पर्नेमा जाेड दिए। समाचार कसरी सशक्त र कसरी अरु भन्दा पृथक र भिन्न बनाउने भन्नेमा ध्यान दिनु पर्ने, परिवर्तनको सम्वाहक प्रस्तुतीकरण समसामयिक, विसंगतीका सन्दर्भमा सुझाए ।
टेलिभिजनले पनि नेपालका एक डेढ सय च्यानलहरुबीच प्रतिस्पर्धामा छुट्टै पहिचान बनाउन सफल रहेकाे बताएका छन् उनले कन्टेन्ट,खबर टेलिभिजनले एचडीमा जानु पर्ने फेसन चलेको बताए । एभिन्यूज खबरको प्रारम्भ ०६४ सालमा नेपालमा कमै मात्रै टेलिभिजन रहेको बताए । उनले नेपालको पहिलो खबर टेलिभिजन भएको दाबी नगरि राष्टको सर्वश्रेष्ठ, लोकप्रिय खबर टेलिभिजनको रुपमा रहेको बताए । एभिन्यूज भ्यूजको रुपमा नभई सेटेलाईट मार्फत सञ्चालन टेलिभिजन भएको जनाएका छन् । एभिन्यूज टेलिभिजनका कनन्टेन कसरी रेडियो जाने भन्ने कुरा टेस्क बाहेकका कुरा कसरी प्रस्तुत गर्ने भन्ने कुरा सहकार्यको रुपमा अघि बढ्ने बताए । रेडियो र टेलिभिजनको सहकार्यले व्यवसायीक,सहकार्यका ध्यान दिनुपर्नेमा बताए । सञ्चार अभियान अनुशासित हुनु पर्ने, प्रस्तुतीकरण, कन्टेन्टमा फरक आउनु पर्नेमा बताए । साथै गुणस्तर अभिवृद्धिमा ध्यान दिनु पर्ने बताए ।
नयाँ सन्देश : शिवप्रसाद घिमिरे, अध्यक्ष नेपाल एफएम
त्यस्तै नेपाल एफ नेटवर्कका अध्यक्ष शिव प्रसाद घिमिरेले व्यवस्थापकीय रुपमा कसरी रेडियोलाई कसरी बढाउने भन्ने बारेमा सञ्चार अभियानमा आजैबाट दुबै मिडिया हावस फरक शैलीमा जानेमा विश्वास व्यक्त गरे । उनले सञ्चार क्षेत्रको विकासका लागि २०/२२ वर्ष अगाडीदेखि लगानी रहेकाले मिडिया हावसलाइ फरक शैली र धारमा प्रस्तुत गर्नु पर्नेमा जाेड दिए ।
नेपालका बिभिन्न सञ्चार क्षेत्रको नेतृत्व लिई अघि बढेको स्मरण गर्दै उनले नेपाल एफ एफ नेटवर्कका रेडियोको रेडियोको रुपमा छुट्टै पहिचान बनाएको दाबी गरे । आर्थिक रुपमा समेत रेडियोहरुलाई सेयर दिएर रेडियो नेटवर्क बनाएको बताए । उनले ६२, ६३ सालको आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्र शाहले दुई तीन पटक बोलाएर तत्कालिन राजसंस्थाको बारेमा बोल्न प्रस्ताव आएको र त्यसलाई इन्कार गरेको बताए ।
उनले नेपाल एफ एम नेटवर्क नितान्त जनताको सूचनाको सम्वाहकको रुपमा नाफा मुलक नभई सेवा मुलक भएको बताएका छन् । शाही कालमा दरबारले अाफू अनुकलु नहिँडेकाे भन्दै रेडियोको लाइसेन्स खारेज गरिएको स्मरण गरे। उनले आफूले त्यसका विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्दा तत्कालिन शाही नेपाली सेनाले २०,२२ दिन घेराबन्दी गरेको बताए । नेपाल एफ नेटवर्क नेपालका अन्य मिडिया हावस भन्दा फरक रहेकाे र नेपालको राजनीतिक सम्बाहकको रुपमा रहेको दाबी गरे ।
उनले फरक फरक सञ्चार संस्था सहकार्यमा जाने सञ्चार जगतको पहिलो अभ्यास भएको दाबी गर्दै यसलाई निरन्तता दिनु पर्नेमा जोड दिए । दुइ सञ्चार माध्यमबाट आम नेपाली दर्शक र श्रोताहरुले व्यवसायी जगतमा अघि बढ्न खोजेको बताए । उनले आफू व्यवसायी व्यक्ति भएको भए पनि कुनै गलत कार्य कर्तुत लुकाउने नभएको दाबी गरे । उनले सातवटै प्रदेशमा सञ्जालिकरण गर्दै सातवटै प्रदेशका स्थानीय खबरहरुलाई राष्टियकरण गर्दै खबर बन्न नसकेको, लुकेर बसेका खबरहरुलाई नितान्त व्यवसायीक रुपमा दुइवटै संस्थालाई अघि बढाउने पवित्र उद्धेश्य रहेको बताए । उनले दुबै सञ्चार जगतलाई महत्वपूर्ण र जिम्मेवारी समाल्दै अघि बढ्दै सुचना सम्वाहकको रुपमा विकास गर्ने विश्वास सहित शुभेच्छा व्यक्त गरे ।