काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल एफ नेटवर्कको १८ औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका छन् । वि.स. २०६१ साल मंसिर १८ गतेका दिन प्रधामन्त्री शेर बहादुर देउवाले आफू प्रधानमन्त्री भएको अवसरमा नेपाल एफ नेटवर्क ९१ ८ मेघाहर्जको उद्घाटन गरेका थिए ।
आफैले उद्घाटन गरेको रेडियो १८ औं वर्षमा प्रवेश गर्दै गर्दा पून प्रधानमन्त्रीको पदमा आसिन देउवाले शुभकामना सन्देश मार्फत नेपाल एफ नेटवर्कलाई गाउँ देखि शहरसम्म जोड्ने अभियान प्रति खुसी व्यक्त गरेका छन् । उनले शाही शासनमा बन्द भएको जनताको आवाजको रुपमा रहेको समाचारलाई प्रसारणमा ल्याउन महत्वपूर्ण काम गरेको स्मरण समेत गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेपाल एफ नेटवर्क उपत्यकामा मात्र सिमित नभई बाहिर उपत्यका बाहिरका रेडियोमा समेत आवाज बन्न पुगेकोमा खुसी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाको शुभकामना सन्देश जस्ताको त्यस्तै