काठमाडौं । नेपालको पहिलो रेडियो नेटवर्क नेपाल एफएम ९१. ८ मेघाहर्ज आज १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रबेश गरेको छ । वि.स.२०६१ साल मङ्सिर १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी नियमित प्रसारणमा आएको नेपाल एफएम, जनआन्दोलन २०६२/०६३ को एक प्रमुख हिस्सेदार सञ्चारमाध्यमको रुपमा स्थापित रेडियोको रुपमा परिचित रहेको छ । २०६१ माघ १९ गतेको शाहि कदमको चपेटामा परेका नेपालका सबै स्वतन्त्र रेडियोहरुलाई मुक्त गर्ने अभियानमा नेपाल एफएमको प्रमुख भूमिका रहेको छ ।
शाही सरकारले स्वतन्त्र रेडियोहरुमा समाचार प्रसारणमा प्रतिवन्ध लगाएको बेला त्यसलाई उलंघन गर्दै नेपाल एफएमले २०६२ असार २३ गते विहान ८ बजेदेखि राजधानी खबरको नाममा समाचार प्रसारण शुरु गरेको थियो । यसबाट आक्रोशित शाही सरकारले साउन २४ गते नेपाल एफएमको प्रसारण इजाजत रद्ध समेत गरेको थियो । लाइसेन्स खारेज गर्ने सरकारी कदमका विरुद्ध नेपाल एफएमका तत्कालिन प्रवन्ध निर्देशक विष्णुहरि ढकालले सर्वोच्चमा रिट दायर गर्दै सुचना र सञ्चारको हक स्थापीत गर्न सफल भएका थिए ।
इजाजत रद्ध गर्ने सरकारी निर्णय खारेज गरीपाँउ भनी दायर गरिएको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले नेपाल एफएममाथिको कार्वाही तत्कालका लागि अघि नबढाउनू भनी २०६२ साउन २६ गते सरकारको नाममा अन्तरिम आदेश जारी ग¥यो । सर्वोच्चको यो आदेशपछि अन्य रेडियोहरुले पनि क्रमश सरकारी प्रतिवन्धको उलंघन गर्दै समाचार प्रसारण गर्न सुरु गरेका थिए।
अन्ततः जनआन्दोलनको सफलतासँगै पहिले खारेज गरिएको नेपाल एफएमको प्रसारण इजाजत कायम भयो । जनआन्दोलनको सफलतापछि नेपाल एफएम संविधानसभाको चुनाव र गणतन्त्र घोषणाको अभियानमा सक्रिय रुपले लागि प¥यो । संविधान जारी भएपछि नेपाल एफएम त्यसलाई कार्यान्वन गर्ने, राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धिको वकालत गर्ने काममा उभिएको छ ।
आवाज विहिनहरुको आवाजको रुपमा स्थापित नेपालको पहिलो रेडियो नेटवर्कका रुपमा परिचित नेपाल एफले आफ्नो स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम समेत गरिरहेको नेपाल एफ नेटवर्कका कार्यकारी निर्देशक गोबिन्द खड्काले जानकारी दिए ।