काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा भिषण आगलागी भएको छ । आगलागीमा नियन्त्रणका लागि ६ वटा दमकल खटाइएको छ । शुक्रबार दिउँसो सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको हो ।
आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् । आगलागी नियन्त्रण अझै भइनसेको र नियन्त्रण पछि मात्रै क्षति विवरण आउने महानगरिय प्रहरी परिसले जनाएको छ ।