एमालेले निकालेका व्यक्तिहरु संसदमा आए बहिस्कार गर्छाै: ओली

मुख्य खबर शुक्रबार मंसिर १७, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निकाले व्यक्तिहरु संसदमा आए संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

पार्टी अध्यक्षको पदबहाली गर्दै ओलीले ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर कसरी संसद चल्न सक्छ भन्दै प्रश्न गरेका छन् ।

यहि असोज २८ गते बस्ने संसद बैठक तर्फ इंगित गर्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाए। ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् ।

सरकार चलिरहेको छैन् । त्यसैले आम चुनावमा जानुपर्छ उनले भने । अदालतको हुर्मत लिने काम भइरहेको बताउँदै उनले भन्, ‘गलत फैसला गराएर हुर्मत लिने काम भएको आरोप लगाए ।

Leave a Comment